१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत
राष्ट्र बैंकले बिहीबार (जेठ ५मा ) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋ पत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।
आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्रीका लागि सूचना आह्वान गरेको छ । विकास ऋणपत्र २०८५‘छ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष रहेको छ । राष्ट्र बैंकले आज (सोमबार) जारी गरेको सूचना अनुसार ऋणपत्रका लागि मंगलबार बोलकबोल दिनु पर्नेछ ।