एजेन्सी। चीनमा शनिबारसम्ममा ३९ करोड २० लाख भ्याक्सिन लगाइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएअनुसार शनिबारसम्म उक्त डोज खोप लगाइएको हो। तर, कति मानिसलाई पहिलो डोज र कतिलाई पूर्ण खोप लगाइयो भन्ने खुलाइएको छैन। चीनले लगाएको खोपको डोज भारतको भन्दा २१ करोड डोज बढी हो। शुक्रबारसम्म भारतमा १८ करोड डोज खोप लगाइएको थियो।