‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’
गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ ।
बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
कुण्डमा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...
माघ २०, जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।
यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।
बुधवार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलवार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।
उनका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ, सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जानकारी दिइएको छ ।
महामारी शुरु भएपछि प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।
सुरुमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्ेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करीब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।
गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो संख्या बढेर करीब ५५ प्रतिशत पुगेको उनको भनाइ छ ।
उनका अनुसार पूर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७, धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।
यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको संख्या भने प्रदेशमा करीब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने संख्या बढी छ ।
निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् । ‘खोप लगाउने दर कम हुँदा संक्रमण फैलिने दर बढेको थियो’, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भने, ‘तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।’
अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो । तर स्वास्थ्य मापदण्ड पालना नगरेमा संक्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ ।
सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ । ‘विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच शुरु ग¥यो’, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, ‘सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।’ जाँचका क्रममा संक्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमणदर घटेको हुनसक्ने उनको भनाइ थियो ।
पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।
वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । रासस
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि बुधबारदेखि उक्त नियम लागू गरिएको हो । “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ”, चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले भन्नुभयो । …
न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि आजदेखि उक्त नियम लागू गरिएको हो । “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ”, […]
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ओमिक्रोन भाइरस सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सतर्कता अपनाउन स्याङ्जावासीलाई आग्रह गरेको छ । ओमिक्रोन भाइरस सङ्क्रमण बढ्न थालेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ओमिक्रोन भाइरस सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सतर्कता अपनाउन स्याङ्जावासीलाई आग्रह गरेको छ । ओमिक्रोन भाइरस सङ्क्रमण बढ्न थालेसँगै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको हो ।
काठमाडौं– सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।
तर, खोप लगाउने ठाउँमा मास्ककोसमेत अनिवार्य प्रयोग नगरिएको र स्वास्थ्य मापदण्ड पालना नगरिएको पाइएको छ। जसकारण कोरोना रोक्नका लागि लगाइदैं गरेक…
काठमाडौं– सरकारले माघ ७ गतेबाट सार्वजनिक स्थानमा प्रवेश गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य बनाएपछि केही दिनयता खोप केन्द्रहरूमा खोप लगाउनेको चाप बढ्न थालेको छ ।
तर, खोप लगाउने ठाउँमा मास्ककोसमेत अनिवार्य प्रयोग नगरिएको र स्वास्थ्य मापदण्ड पालना नगरिएको पाइएको छ। जसकारण कोरोना रोक्नका लागि लगाइदैं गरेक…
काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेसँगै काठमाडौंमा सरकारले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गर्दै कडाइ गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिश एवं गृह मन्त्रालयको निर्णयअनुसार मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
अब काठमाडौंमा चल्ने सावरीसाधनले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारीसाधन चढ्न पाउने छैनन् । त्यस्तै चालक र सहचालकले अनिवार्य मास्क र पन्जा लगाउने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।
सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्न भनेको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिक कार्यहरू नगर्न प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । सार्वजनिक स्थानहरू कार्यालय, होटेल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न आदेश जारी गरेको छ ।
यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित परीक्षण गर्ने, गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरूलाई अनिवार्य रूपमा १ हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्ने, गराउने जारी आदेशमा उल्लेख छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिशमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम २०७८ पुस २७ देखि २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने र पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरूको स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।
सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरू जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तीय संस्थामा भीडभाड नहुने उपयुक्त तरीका सम्बद्ध कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रबन्ध मिलाउनेजस्ता आदेश प्रशासनले जारी गरेको छ ।
जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेशन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरू यथाशीघ्र सम्बद्ध अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने, औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानूनबमोजिम कारबाही गरिने जारीमा आदेशमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा मंगलवार मात्रै थप १ हजार २ सय ८६ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।