काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताउनु भएको छ । नेपाली कांग्रेस दोलखा–काठमाण्डौ सम्पर्क समितिले शनिवार आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताउनु भएकाे हाे ।
एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उहाँले आफूले व्यक्तिको नभइ पार्टीन...