हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको हो । उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी […]
काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिए। दलले यही पुस १३ र १४ […]
काठमाडौँ। नेपालबाट प्रकाशित हुने पात्रो (पञ्चाङ्ग) कुन सिद्धान्तका आधारमा गर्ने भनी नेपालका विद्वानहरूले मात्र निर्णय गर्न नसकिनेमा जोड दिइएको छ। विश्व ज्योतिष महासङ्घको राष्ट्रिय समिति नेपाल, नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय महिला ज्योतिष सङ्घको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको राष्ट्रिय ज्योतिष सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले […]
काठमाडाैं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले दिएको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गर्नुभएको हो । उहाँले शान्ति प्रक्रियाका क्रममा क्षेत्रीय विषयमा युक्रेनका लागि अझ राम्रो सहमति हासिल गर्ने […]
पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए । मेची भन्सारसहित मुलुकका आठवटा […]