‘तिम्ले माया मारी गयौ’ मा उषा र कमलको प्रेम पीडा

अमेरिका निवासी गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको  गीतमा राजेश थापाको संगीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा धोकाको कथा बुनिएको छ ।उषा उप्रेती, कमल सिंह, कुसुम गोथाने,  विपना सुवेदीको अभिनय भिडियोमा देख्न सकिन्छ । सुजन श्रेष्ठको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको