लुम्बिनीमा सरकार विस्तारसँगै माओवादीमा विवाद

सरकार गठनको एक महिनापछि लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मन्त्रीको शपथ र पदभार ग्रहणसँगै लुम्बिनीमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका माओवादी, राप्रपा र जनमत पार्टीलाई मन्त्रालय बाँडफाँट गर्दै सरकार विस्तार गरेका हुन् । यसअघि १३ मन्त्रालय र ४ राज्यमन्त्री रहेकामा अहिले १० सदस्यीय मन्त्रिमण्डल गठन भएको हो ।