धनकुटा : पाख्रीबास नगरपालिकाको बजेटका विषयमा भएको सरकारी र विपक्षी दलको विवाद झन् पेचिलो बन्दै गएको छ। गत असार १० गते बजेट प्रस्तुत गर्ने क्रममा ओली पक्षीय नेकपा एमाले (सरकारी पक्ष) र विपक्षी चार दलबीच विवाद हुँदा तोडफोड भएको थियो। सरकारी पक्षले हात छोडेपछि तोडफोड भएकाले त्यसको जिम्मा उनीहरुले नै लिनुपर्ने विपक्षीले बताउँदै आएका छन्। सरकारी पक्षले आफूहरुले हातपात नगरेको र नगरसभा चलिरहेका बेला हुलहुज्जत गरी सभा हलमा प्रवेश गरेर तोडफोड गरेकाले त्यसको जिम्मा विपक्षीले लिनुपर्ने उनीहरुको भनाइ छ