राप्रपा सर्लाहीकाे अध्यक्षमा प्रभाकर सिंह चयन

सर्लाही : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सर्लाही जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन्।जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्य जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएको हो।अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोरबहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजिरहेको बताए। पछिल्लो समय धर्म परम्परामाथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए। 

सम्बन्धित सामग्री

राप्रपा नेपालको २९ विभागमा नेतृत्व चयन

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले २९ विभागमा नेतृत्व चयन गरेको छ। अध्यक्ष  थापाले सोमबार पार्टीका २९ विभाग प्रमुख तथा सचिव मनोनयन गरेका हुन्।अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व भने थापा आफैँले राखेका छन्। त्यस्तै अनुशासन विभागको अध्यक्षमा राजीव पराजुली चयन भएका छन्।

राप्रपा मकवानपुरको अध्यक्षमा शिवराम थापा चयन

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौंडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निश्कर्ष रहेको प्रवक्ता बिशभ अधिकारीले बताएका छन् । साथै बैठकले चैत्र २७ गते हेटौंडामा बृहत आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन

राप्रपा नेपालको पर्सा अध्यक्षमा यादव र बाजुरामा सुनुवार

राप्रपा नेपालको पर्सा जिल्ला अध्यक्षमा जङ्ग बहादुर यादव चयन भएका छन् ।

राप्रपा नेपाल सुनसरीमा चौलागाईं, रुपन्देहीमा शेरचन र धादिङमा तामाङ चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीब्रता दिएको छ । राप्रपा नेपाल सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं, रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचन र धादिङ अध्यक्षमा नोरमान तामाङ चयन भएका छन् । चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्यसमिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देही जिल्ला समिती गठन भएको छ ।लोसपा परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नोरमान तामाङले राप्रपा नेपाल धादिङको अध्यक्षको जिम्मेवारी पाएका छन् । हालै मात

राप्रपा नेपालको सुनसरी, रुपन्देही र धादिङमा नेतृत्व चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पछिल्लो समय जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरू गठन भइरहेका छन्  । यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं  र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।चौलागाईंको अध्यक्षतामा ३७ सदस्यीय राप्रपा नेपाल सुनसरी जिल्ला कार्य समिति गठन भएको छ भने शेरचनकोको अध्यक्षतामा ३५ सदस्यीय राप्रपा नेपाल रुपन्देह

राप्रपा नेपालको गोरखा जिल्ला अध्यक्षमा बस्नेत, महोत्तरीमा गौतम

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले गोरखा र महोत्तरी जिल्लाको नेतृत्व टुंग्याएको छ। राप्रपा नेपालनिकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुलबहादुर बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिति गठन भएको छ । त्यसै गरी महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । गौतमको […]

राप्रपा नेपालको गोरखा र महोत्तरीमा अध्यक्ष चयन

राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिँदै जनवर्गीय संगठनसँगै विभिन्न जिल्ला समितिहरु गठन गरिरहेको छ । यसै क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरुको भेलाले पार्टीको गोरखा जिल्ला अध्यक्षमा कुल बहादुर बस्नेत र महोत्तरी जिल्ला अध्यक्षमा यानिखर गौतमलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ । बस्नेतको अध्यक्षतामा ६३ सदस्यीय राप्रपा नेपाल गोरखा जिल्ला कार्य समिती गठन भएको छ भने गौतमको अध्यक्षतामा ५३ सदस्यीय राप्रपा नेपाल महोत्तरी जिल्ला समिती गठन भएको छ ।जनवर्गीय संगठनहरुम

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् । राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिनुभयो । उहाँले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताए ।“जिल्लामा विकास निर्माणमा साथ र विकृति विरुद्ध राप्रपा अग्रसर हुनेछ

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

महेन्द्रनगर, २८ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिए । उनले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै […]