एजेन्सी । चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।