उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ ।उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालसम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो । सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ ।हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि त