१९ असार, काठमाडौं । ‘रोगले भन्दा भोकले मर्ने बेला हुँदैछ । मेरै कमाइले बाँचिरहेका छोराछोरीलाई भरे के खुवाउँ, भोलि के खुवाउने भन्ने पिरलो छ । सरकारले बुझ्नुपर्दैन’ रमिला खत्रीले पीडा सुनाइन् । कोरोना महामारीको दोस्रो लहर कम गर्न सरकारले निषेधाज्ञा जारी गरेपछि रत्नपार्क-छाउनी रुटको सफा टेम्पु चलाउने रमिला खत्री दुई महीनादेखि हात बाँधेर बसेकी छिन् […]