काठमाडौः काठमाडौं मनसुनी वर्षाको चपेटामा परेको थियो। चारैतिर पानीले घेरिसकेको थियो। महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीको कार्यालय पानीले भरिएको थियो। कार्यालयभित्र रहेका एक प्रहरीले काँधमा अर्का एकजनालाई बोकेर बाहिर निस्किए। दुवैले सुन्तला रङ्गको बर्षादी ओढेका थिए। काँधमा चढ्ने अरु कोही थिएनन्, प्रहरी नै थिए।
बिहीवार रातिदेखि आएको वर्षाको कारण डुबानमा