कुरिलो खेतीबाट वार्षिक पाँच लाख कमाइ

पाल्पा : बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिमिरे डाँडाका ५० वर्षीय जीवराज घिमिरे पेशाले शिक्षक हुन्। उनी सोही गाउँपालिको वडा नम्बर ९ मा रहेको कालिका आधारभूत विद्यालयमा प्रधानाध्यापक हुन्।उनी बिहान सबेरदेखि राति अबेरसम्म काम व्यस्त रहन्छन्। जीवराजले बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय विद्यालयलाई छुट्याएका छन्। त्यसबाहेकको समय बारीमा व्यस्त रहन्छन्। उनले घर छेउको तीन रोपनी बारीमा कुरिलो खेती गरेका छन्। त्यही कुरिलो बारीमा विद्यालय समयबाहेक जीवराज व्यस्त रहन्छन्।५०० रूपैयाँबाट कुरिलो खेत