इन्टरनेसनल स्पेस स्टेसन ठूलो दुर्घटनाबाट जोगियो, ४५ मिनेटसम्म नासाको नियन्त्रणबाहिर

 अन्तरिक्षमा रहेको इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) मा बिहीबार ठूलो दुर्घटना टरेको छ । आफ्नो कक्ष (अर्बिट) मा जुन ठाउँमा रहनुपर्ने त्यहाँबाट आईएसएस ४५ मिनेटसम्म हटेको थियो । पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसको सही स्थानमा लगेको थियो । स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट हटेको थियो ।नसाका अनुसार यो घटना रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि भएको थियो । नाउका हालैमात्र आईएसएससँग जोडिए