काठमाडौं : मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदीको ताज पहिरिएकी हुन्।हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा बुधबार सम्पन्न विवाहित मंगोलियन समुदायका महिलाहरूको सो सौन्दर्य प्रतियोगितामा अन्जना पयाब्गु लिम्वुफस्ट रनर अप तथा शर्मिला बलामी सेकेन्ड रनर अप हुन सफल भएका छन्।चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्