बुटवल । राष्ट्रिय जनमोर्चाको देशब्यापी ‘संघर्ष र संगठन’ अभियान अन्तरगत रूपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं ३ र ४ को संयुक्त भेला तथा बिरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमोका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही अध्यक्ष बद्रे आलम, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तारा जिसी र नेकपा (मसाल) रूपन्देही प्रवक्ता नारायण जिसीले सम्बोधन गर्नुभएको थियोे ।
कार्यक्रममा कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय सदस्य कविता चौधरी र राजमो केन्द्रीय सदस्य ईन्दीरा ज्ञवालीको पनि आतिथ्यता रहेको थियोे ।
नगर समितिका अध्यक्ष रूकबहादुर पराजुलीको अध्यक्षतामा सम्पन्न बिरोध सभाको सञ्चालन यमबहादुर परियार र स्वागत तुल्सीराम उपाध्यायले गर्नुभएको थियो । नवनिर्वाचित समितिको घोषणा नगर उपाध्यक्ष हर्क बहादुर टण्डनले गर्नुभएको थियोे ।
तिलोत्तमा वार्ड नं ३ वडा समितिको अध्यक्षमा तुल्सीराम उपाध्याय चयन हुनुभएको छ भने उपाध्यक्ष इन्दीरा ज्ञवाली, सचिव नगेन्द्रराज श्रीनेट, सहसचिव इन्द्र बराल, कोषाध्यक्ष मिनु थापा तथा सदस्यहरू निर्मला श्रीस, हेमराज शर्मा, देवीराम शर्मा, हेमलाल भुसाल, डिलबहादुर रजाली तथा सल्लाहकारमा लिलाबहादुर केसी, ईश्वरी शर्मा र माया शर्मा रहनु भएको छ।
यस्तै, वार्ड नं ४ को अध्यक्षमा यमबहादुर परियार, उपाध्यक्ष नरबहादुर थापा, सचिव शिवा थापा, सहसचिव शंकर परियार र कोषाध्यक्ष बिष्णु सुनार चयन हुनुभएको छ । सदस्यहरू मुकुन्द पौडेल, राजकुमारी परियार, डिबि थापा क्षेत्री, मीनबहादुर नेपाली, संगिता परियार तथा सल्लाहकारमा देवा गिरी र प्रेमनारायण आचार्य रहनु भएको छ ।
सैनामैनामा १ मा प्रशिक्षण
शनिबार सैनामैना नगरपालिकाको वार्ड नं १ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न भएको छ । वार्ड अध्यक्ष हरिबहादुर राहडीको अध्यक्षता तथा नन्दप्रसाद पोख्रेलको संचालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि बासुदेव पोख्रेलले देशको जल्दोबल्दो राजनितिक परिस्थिति र ठुला पार्टीको गलत नियत र अदुरदर्शिताका कारणले देश र जनताले पटकपटक आन्दोलनमा दुख पाएको बारेमा प्रकाश पार्नु भएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष लोकराज भुसालले देशमा पटकपटक सत्ता परिवर्तनले देशको विकास अबरुद्ध हुनुको साथै जनअधिकारमा समेत बारम्बार ...