काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले बिहीवार सम्मान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । ग्रुपअन्तर्गतका दर्जनौं उद्योग, फर्म तथा कम्पनीमा उनी क्रियाशील छन् ।
उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थामा आबद्ध रहेको बताइएको छ । नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणको व्यापार व्यवसायमा दुगड ग्रुप परिचित छ ।