हत्या आरोपमा ४ युवक पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।     उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय ...