अमेरिकाले भारतीय वायु सेनाका लागि लडाकु जेटको इन्जिन भारतमै बनाउने भएको छ । अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको हो, जसलाई सैन्य क्षेत्रमा दुई देशबीचको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जारी अमेरिका भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।