प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्कनुभएको छ । उहाँलाई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभयो ।