काठमाण्डाै - काठमाण्डाैको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो बेलुका बन्दुकधारी समूहले गोली हानेको थियो ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ । गोठाटारमा रहेको व्यस्त सडकमा बा ६ च ५...