रुसले युक्रेनमाथि हमला जारी राख्दा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता दिएका छन् । बाइडेनले हालै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई एड्भान्स एयर डिफेन्स सिस्टम (अत्याधुनिक हवाइ प्रतिरक्षा प्रणाली) उपलब्ध गराउने बताए ।