नयाँदिल्ली, ३ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनमा कुराकानी भएको छ। टेलिफोन वार्तामा उनीहरुले एयर इण्डिया र बोइङ कम्पनीबीच भएको सम्झौताको स्वागत गरेका थिए। सम्झौताअनुसार एयर इण्डियाले बोइङसँग २२० वटा विमान खरिद गर्नेछ जसको मुल्य ३४ अर्ब अमेरिकी डलर (४५ खर्ब ७ अर्ब ५० करोड रुपैयाँ) हुनेछ।यो सम्झौताले अमेरिकामा १०लाख रोजगारी सृजना गर्ने जनाइएको छ।
२ मंसिर, काठमाडौं । टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा सञ्चालित भिस्तारा एयरसमेत एयर इण्डियामा गाभिने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार टाटा समूहले यो योजना सफल बनाएमा संसारकै शक्तिशाली एयरलाइन्स कम्पनीमध्ये […]
काठमाडौं । भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डिया निजी व्यापारिक घराना टाटा समुहले लिएको छ । झण्डै एक वर्षसम्म चलेको नेगोसिएसन र प्रक्रियागत झमेलापछि बिहीबारबाट एयर इण्डियाको स्वामित्व आधिकारिक रुपले टाटा समुहमा गएको हो । लगातार घाटामा गएको एयर इण्डियालाई टाटा समुहले भारत सरकारसँग २ अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गरेको हो । हस्तान्तरण प्रक्रिया […]
भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले नियम प्रक्रिया पुरा गरेर स्वामित्व हस्तान्तरण भएको बताएका छन् । उनले ट्वीटरमा उल्लेख गरेका छन, ‘एयर इण्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पुरा गरिएको छ ।’यसअघि, सन् २०२१ मा
भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी एयर इण्डिया टाटा कम्पनीले खरीद गरेको छ । यो कम्पनी १८ हजार करोड भारतीय रुपैयाँमा बिक्री भएको हो । निरन्तर घाटामा गएपछि यसको निजीकरणका प्रयासहरू हुँदै आएको भए पनि सरकारले सफलता प्राप्त गर्न सकेको थिएन । मोदी सरकारले सन् २०१८ मा निजीकरणको प्रयास गरेको थियो । इतिहासमा एयर इण्डिया सन् […]
२४ असोज, काठमाडौं । नुनदेखि सफ्टवेयरसम्मको व्यापार गर्ने टाटा समूहले ऋणमा डुबेको एयरलाइन्स कम्पनी एयर इण्डियाको शतप्रतिशत स्वामित्व खरीद गरेको छ । भारतको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभाग (दीपम)का सचिव तुहिनकान्त पाण्डेयले टाटा कम्पनीले एयर इन्डिया खरीद गर्न एक खर्ब ८० करोड भारुको बोलकबोल गरेको बताए । सोही बोलीअनुसार उसले एयर इण्डियाको स्वामित्व पाएको […]