चैत २८, काठमाडौं । विश्वका सर्वाधिक धनीको सूचीमा रहेका अर्बपति व्यापारी एलन मस्क सामाजिक सञ्जाल ट्वीटरको सञ्चालक समितिमा सहभागी नहुने भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पराग अग्रवालले जारी गरेको एउटा नोटमा मस्कले कम्पनीको सञ्चालक समितिमा सहभागी नहुने फैसला गरेको भन्दै उनलाई कम्पनीको ढोका खुला रहेको बताएका छन् ।
ट्वीटरको करीब ३ अर्ब डलरको शेयर खरीद गरेर सबैभन्दा ठूलो शेयरधनी बनेका उनलाई सञ्चालकमा नियुक्त गर्न लागिएको गत मंगलवार कम्पनीले एउटा नोटमार्फत बताएको थियो । उनले कम्पनीको ९ दशमलव २ प्रतिशत शेयर खरीद गरेका छन् । उनको कम्पनीमा करीब २ दशमलव ८ विलियन डलर हिस्सेदारी रहेको छ ।
आफूलाई वाक स्वतन्त्रताका हिमायती भन्ने एलन मस्क सोसल मिडिया प्लेटफर्महरु र यसका नीतिहरुका आलोचक हुन् । हालै उनले ट्वीटरले वाक स्वतन्त्रताको सिद्धान्तको पालना गरेरनगरेको विषयमा ट्वीटरमा मत सर्भेक्षण पनि गरेका थिए ।
मस्क बारम्बार ट्विटर प्रयोग गरिरहन्छन् । उनको ट्विटरमा ८ करोड फलोअर छन् । तर उनले गरेका केही ट्विट मस्कको लागि निकै महँगो साबित भएको छ । एजेन्सी