चार ओटा कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन

असोज ८, काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको दुई ओटा वाणिज्य बैंक सहित चार कम्पनीको लिलामी शेयर खरीद गर्ने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाईफ इन्स्योरेन्सको १ लाख कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख कित्ता संस्थापक शेयर भदौ ३१ गतेदेखि लिलामीमा विक्री गरेको हो ।  प्रभु बैंकको शेयरको मूल्य प्रतिकित्ता रू. २०५, नेशनल लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४२१, नेपाल ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता रू. ४०० र प्राइम कमर्सियल बैंकको प्रतिकित्ता रू. २०८ तोकिएको छ ।  यी शेयर खरीद गर्न चाहने विद्यमान संस्थापक शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आज बैंकिङ समयसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।  उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बन्दसूची पेस गर्ने आज अन्तिम दिन, प्रमुख दलहरू आयोग जाँदै

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रमुख दलरूले बुझाउँदै छन् ।

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

श्वेत गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]