बागलुङ : गलकोट नगरपालिका वडा नम्बर १ का कृषकहरु किराले तरकारी तथा बाली नष्ट गरिदिएपछि चिन्तित थिए। जब नगरपालिकाले गाउँमै पुगेर बाली शिविर सञ्चालन गर्यो, तब उनीहरु चिन्ता मुक्त भए।गलकोट नगरपालिकाले कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर सञ्चालन थालेपछि यहाँका कृषकलाई ठूलो राहत मिलेको छ।शिविरमा कृषकको समस्या बुझ्ने, आवश्यक परामर्श दिने तथा बालीमा लागेको रोग पत्ता लगाउने र आवश्यक उपचार हुने गरेको कृषक बताउँछन्।गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका किसान हीराबहादुर काउचा ब