काठमाण्डौ – संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो । समिति बैठकमा सभापति खड्काले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनुभय...