उच्च अदालतको न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाविरुद्ध उजुरी आह्वान

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिष्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुनेगरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ । परिषद्ले सर्ट लिष्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिष्टमा परेकामध्येबाट २७ जनाको नियुक्ति हुनेछ ।