टेवानकी अध्यक्ष गिरी गण्डकी प्रदेश सरकारबाट सम्मानित

काठमाडौँ– पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरी गण्डकी प्रदेश सरकारबाट उत्कृष्ट महिला व्यवसायीका रूपमा सम्मानित भएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले टेवानकी अध्यक्ष गिरीलाई पर्यटन विधातर्फ उत्कृष्ट महिला व्यवसायीका रूपमा पचास हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय […]