तुलसीपुर उपमहानगरपालिका—१७ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा उपचार गरिरहनुभएका गढवा गाउँपालिका—५का २३ वर्षीय युवक कोरोनालाई जितेर नै छाड्ने विश्वासमा छन् । गत शुक्रबार सङ्क्रमित पुष्टि भएपछि उनले अहिलेसम्म रुघाखोकी, ज्वरोलगायत कुनै लक्षण आफूलाई नदेखिएको बताएका छन् । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेर कोरोनासँग जुधिरहेको उनमा दरिलो आत्मबल देखिएको छ ।
उहाँले रासससँग कुरा गर्दै सोमबारसम्म आफूमा कुनै लक्षण नदेखिएको र छिट्टै सञ्चो भएर घर फर्कने विश्वास व्यक्त गरे । उनी गत माघ महिनामा भारतको मुम्बईमा मजदूरीका लागि गएका थिए । त्यहाँ उनी रङ्रोगनको काम गर्नुहुन्थ्यो । ‘भारतमा कोभिड —१९ को जोखिम बढ्न थालेपछि लकडाउन शुरु भयो र बन्दाबन्दी केही समयपछि कम्पनीले काममा नआउनू भन्यो’, उनले भने ।