कोलम्बो : श्रीलङ्काका प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा तयारी गरिरहेको जनाइएको छ। देशभरमा आर्थिक तथा राजनीतिक सङ्कट गहिँरिदै गएपछि उनले राजनीतिक निकासका लागि पदबाट राजीनामा दिन लागेको उनी निकट स्रोतहरूले जनाएका छन्।राजनीतिक तथा आर्थिक सङ्कटको मुख्य कारक राजपाक्षे नेतृत्वको सरकार नै भएको भन्दै आन्दोलन चर्किएपछि उनलाई राजीनामा दिन अत्यधिक दबाब परेको छ।आन्दोलनकारीले प्रधानमन्त्री महेन्दालाई बर्खास्त गर्न राष्ट्रपतिलाई पनि चर्को दबाब दिएका छन्। उनले राजीनामा नदिएमा आन्दोलन थप चर्किदै ज