पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक ७ दशमलव ६९ अंकले बढेको छ ।
प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७९२ दशलमव ६३ विन्दुमा पुगेको हो । उक्त अवधिमा कारोबारमा आएका २७ ओटा कम्पनीको १३ हजार ३४६ कित्ता शेयर रू.५२ लाख ५१ हजार ८१५ खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री भने जोशी हाइड्रोपावरको भएको छ । उक्त कमपनीको रू.३४ लाख ५० हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
साताको दोस्रो कारोबार दिन सोमवार भने नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ४३ अंकले बढेर बन्द भएको थियो।
उक्त दिन नेप्से परिसूचक २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । उक्त दिन कारोबारमा आएका २३६ ओटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर ७७ हजार १८३ पटकमा रू. ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मा खरीदविक्री भएको थियो ।
बजारले गति लिने संकेतहरु आएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता केहि दिनयतादेखि उत्साहित भएका छन् । जसका कारण पनि नेप्से परिसूचक केहिदिन यतादेखि वृद्धि हुँदै गएको छ ।
यो पनि हेर्नुस् :
२८०० विन्दु नजिक नेप्से