काठमाडौँ : काठमाडौँ महानगर र फुटपाथ व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिरहेको अभियान्ता ईःका प्रतिनिधिबीच आज भएको वार्ता बिना निष्कर्ष सकिएको छ। सहमति नजिक पुगेर पनि वार्ता भड्किएकाे बताइएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रियसभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः का तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौँ महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोलीले वार्ता गरेको थियो । वार्ता साँढे पाँच घण्टा चलेको थियो ।