काठमाडौं : उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशीलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।मंगलबार मेची उद्योग वाणिज्य संघको १७ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि राज्यले व्यावसायिक सहजीकरण गर्ने, लगानीको वातावरण बनाइदिने हो भने र निजी क्षेत्रलाई बिना लगानीको पार्टनरका रुपमा स्विकार गर्ने हो भने मुलुकको विकास तथा सम्बृद्धिको