सुडानमा नेपाली शान्ति सैनिकलाई राष्ट्रसंघका महासचिवको कदरपत्र

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले दक्षिण सुडानमा जातीय हिंसा रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली सैनिक अधिकृतलाई प्रशंसापत्र पठाएका छन् । शान्ति स्थापक नेपाली सेनाका प्लाटुन कमान्डर क्याप्टेन विज्ञान विष्टलाई...

सम्बन्धित सामग्री

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा चन्दननाथ गणको आठौँ डफफाको पहिलो शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २१६ जना नेपाली शान्ति सैनिक काठमाडौँबाट मङ्गलबार राति मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । हाल त्यहाँ […]

सुडानमा नेपाली नागरिक सुरक्षित

सुडानमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकारले तदारुकताका साथ पहल थालेको छ । गत सातादेखि सुडानमा चर्किएको द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले पहल थालेको हो । इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका १९ जना नेपाली हालसम्म सुरक्षित रहेको मन्त्रालयले उल्लेख गरेको छ । अन्य नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन आवश्यक पहल भइरहेको छ । शान्ति मिसनमा कार्यरत तीन जना नेपाली शान्ति सैनिक आइतबार अफ्रिकी मुलुक चाडतर्फ गएका छन् भने खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सात जना नेपाली सोही दिन खार्तुमबाट युगान्डा जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ। विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो।