प्रकाशशरणले फेरि उछिने प्रदीपलाई

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत फेरि  तेस्रो स्थानमा आइपुगेका छन् ।  दुई हजार १२० मतगणना हुँदा महतले प्रदीप पौडेललाई उछिन्दै तेस्रो स्थानमा आएका हुन् ।  यसअघि गगन थापा, विश्वप्रकाश  शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए ।  गगनले १३८५ मत पाउँदा विश्वप्रकाशले ८५१ र महतले ६९८ मत पाएका छन् । प्रदीपले ६२१ मत पाएका छन् । मीनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत पाएका छन् ।