राष्ट्रिय फुटसल लिग : राइजिङ र स्काइबीच उद्घाटन खेल

नेपालमा पहिलोपल्ट आयोजना हुने ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको खेलतालिका सार्वजनिक गरिएको छ । सहभागी १० क्लबका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक खेलतालिकाअनुसार द राइजिङ क्लब धरान र स्काइ गोल्स काठमाडौंबीच उद्घाटन खेल हुनेछ ।

सम्बन्धित सामग्री

फुटसल लिग उपाधिका लागि क्यासल र शंखमुल भिड्दै

विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टोली स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमुल फुटसल भिड्दैछन् । लिगको सुरुवातदेखि यी दुई टोलीलाई फाइनलको दाबेदारको रुपमा लिइएको थियो । अझ रोमाञ्चक कुरा त के हो भनेदेखि यी दुई टिम लिग चरणमा समेत बराबरी खेलेका थिए । क्यासल लिगमा शीर्षस्थानमा रहँदै प्लेअफ पुगेको […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल फाइनलमा

स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८–६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गरे भने सुरज गुरुङ र विजय गुरुङले समान एक÷एक गोल गरे । राइ

राष्ट्रिय फुटसल लिग सेमीफाइनल समीकरण पूरा

१९ असोज, पोखरा । पोखरामा जारी राष्ट्रिय फुटसल प्रतियोगिताको अन्तिम ४ समीकरण पूरा भएको छ । मंगलबार राउन्ड रोबिन लिगको अन्तिम खेल भएसँगै २ घरेलु टिमसहित धरानको द राइजिङ क्लब र काठमाडौंको शंखमुल फुटलस ‘प्लेअफ’मा पुगेका हुन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा शंखमुललाई घरेलु टिम सविन मेमोरियलले ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ […]

‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिग : स्पोर्टस् क्यासल शीर्ष स्थानमा

कास्की, १४ असोज: पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगमा घरेलु टोलीले आफ्नो शीर्षस्थानलाई कायमै राखेको छ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असोज २ गतेदेखि पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा झरना स्पोट्र्स क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दे क्यासल शीर्ष स्थानमा यथावत रहन सफल भएको हो । क्यासललाई जित […]

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : रेफ्रीप्रति चर्को गुनासो

पोखरामा जारी ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग नेपाली फुटसल इतिहासमा धेरै पक्षहरूका लागि कोसेढुंगा बनिरहेको छ । खेलाडी, प्रशिक्षक, टिम र आयोजकमात्र होइन, रेफ्रीका लागि पनि यो प्रतियोगिता एक हिसाबले परीक्षण नै हो ।

जेठ १ देखि हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले जेठ १ गतेबाट हुने भनिएको ‘ए डिभिजन राष्ट्रिय फुटसल लिग’ स्थगित गरेको छ। एन्फाले कोरोनाको दोस्रो लहरका कारण उत्पन्न प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै लिग स्थगित गरेको उल्लेख गरेको छ। एन्फाले आज प्रेश विज्ञप्ति जारी गर्दै अर्को सुचना नआएसम्मका लागि लिग स्थगित गरिएको बताएको हो।

ए डिभिजन फुटसल लिग स्थगित

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने भनिएको ए डिभिजन राष्ट्रिय फुटसल लिग स्थगित हुने भएको छ। जेठ १ गतेबाट सुरु हुने भनिएको लिग कोभिड १९ बाट उत्पन्न प्रतिकुल परिस्थितिका कारण स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाले आज सूचना जारी गर्दै ए डिभिजन फुटसल लिग अर्को सूचना जारी…

वैशाख २५ बाट ए डिभिजन फुटसल लिग सुरु हुने, लिगका लागी यसरी छनोट हुनेछन् १० टोली

काठमाडौं: अखिल नेपाल फुटबल संघ ( एन्फाले) वैशाख २५ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु गर्ने भएको छ। प्रतियोगिता वैशाख २५ गतेबाट जेठ १५ गतेसम्म पोखरास्थित बहुद्देश्यिय कभर्डहलमा सञ्चालन हुने एन्फाले जनाएको छ। प्रतियोगिता १० टिमबीच हुनेछ। जसको छनोट क्वालिफायर्स चरणका खेलहरुबाट हुनेछ। 'जिल्ला फुटबल संघसँघ आबद्ध रहेका, राष्ट्रिय…

राष्ट्रिय फुटसल लिग बिहीबारदेखि, विजेतालाई पाँच लाख रुपैयाँ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ ।