खपतको आधारमा चिनी आयातको कोटा निर्धारण गर्न नेपाल बिस्कुट उत्पादक संघले सरकारसँग माग गरेको छ । संघले २० प्रतिशत भन्सार तिरेर चिनी आयात गर्न दिने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ । आन्तरिक उत्पादन सकिएपछि यतिबेला बिस्कुट, चकलेट र जुस उद्योगहरूका लागि चिनीको अभाव भएको छ । जसका कारण उद्योगहरूले उत्पादन घटाउनु परेको उनीहरूको भनाइ छ ।
विगतमा नेशनल ट्रेडिङ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई दिएको सुविधा चिनी आयात गर्ने उद्योगीहरूलाई पनि दिनुपर्ने संघका उपाध्यक्ष महेश जाजुको माग छ । सरकारले नेशनल ट्रडिङ र साल्ट ट्रेडिङलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरिसकेको छ ।