काठमाण्डाै – हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् ।
आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।
नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भा...