पिछडावर्ग (ओबीसी) पहिचान तथा उत्थान उच्चस्तरीय सुझाव समितिले शुक्रबार मधेस प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका अध्यक्ष समेत रहेका मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १३५ पृष्ठको प्रतिवेदन बुझाएको हो । पिछडावर्गको आर्थिक, राजनीतिक, शैक्षिक, सामाजिक रुपान्तरण लगायतको विषयहरूमा सुझाव उक्त प्रतिवेदनमा समावेश गरिएको समितिका अध्यक्ष साहले जानकारी दिएका छन् ।२०७८ चैत्र २० गते मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको म