यसरी भयो राप्रपा विभाजन

पूर्वपञ्चहरूको दुई पार्टी मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता भएको आठ महिनापछि फेरि विभाजन भएको छ। गत मंसिरमा एक भएको यो पार्टी नेता पशुपतिशमशेर राणाको नेतृत्वमा विभाजन भएको हो। नयाँ पार्टीको नाम राप्रपा (प्रजातान्त्रिक) राखिएको छ। पार्टी दर्ताका लागि राणा पक्षले निर्वाचन आयोग र संसद सचिवालय दुवैमा निवेदन दिइसकेको छ। संसद सचिवालयमा १९ सांसदको नामसहित…