कालिकाका पूर्वमेयर श्रेष्ठ र उनका पीए लामिछानेविरुद्ध अख्तियारमा मुद्दा

चितवन : कालिका नगरपालिका, चितवनका निवर्तमान मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पीए दीपक लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौंमा पुनः उजुरी परेको छ।उनीहरूविरुद्ध नगरपालिकाको २५ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा आयोगको दर्ता नं.सी.००७१२८ मा दर्ता भएको हाे।मेयर श्रेष्ठ र उनका पीए लामिछानेले मिलेमतोमा अकुत सम्पत्ति कमाएको आरोप लागेको छ। यसअघि पनि पीएविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा उजुरी परेको थियो।मेयर श्रेष्ठले आफ्नो कार्यकालमा लामिछानेलाई करार