भारतीय मूलका पराग बने ट्विटरका नयाँ सीईओ, पहिलो दिनमै विवाद

सामाजिक सञ्जाल ट्विटरले पराग अग्रवाललाई नयाँ सीईओ बनाएको छ ।  सीईओ बनेलगत्तै परागको १० वर्ष पुरानो ट्वीट भाइरल बनिरहेको छ ।  उनले गोरा मानिस र मुसलमानहरूका विषयमा ट्वीट गरेका थिए ।  ट्वीट भाइरल भएपछि अमेरिकाका दक्षिणपन्थीहरू परागलाई ट्रोल गरिरहेका छन् । यस ट्वीटबाट जातिवाद झल्किने उनीहरूको भनाइ छ ।  सन् २०१० को अक्टोबर २६ मा परागले कमेडियन आसिफ मांडवीको शोका विषयमा ट्वीट गरेका थिए । उनले अमेरिकाका गोराहरूका बारेमा लेखेका थिए, ‘तपाईं मुसलमान र उग्रवादीहरूबीत फरक छुट्ट्याउन सक्...