सकियो चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन

यादव भट्टराईको निर्देशन रहेको गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकिएको छ । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन बुधबार सकिएको निर्देशक यादव भट्टराइले बताए ।माधव न्यौपानेको गीत तथा कथामा निर्माण भएको यो चलचित्रको छायाङ्कन काभ्रेको कुशादेवीमा भएको हो । चलचित्रले महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाएको छ । राजेशको अलवा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको मुख्य अभिनय चलचित्रमा छ । राजेश चलचित्रमा विद्रोहीको भूमिकामा देखिँदैछन् । चलचित्रमा खुम