दुप्चेश्वर गाउँपालिका-३ दोरदोरे खोल्सामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बिहीबार राति ९ बजे समुन्द्रटारबाट रावतबेंसीतर्फ डोजरका लागि इन्धन लिएर जाँदै गरेको बा१४च ५६८४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेर ४ जना स्थानीय घाइते भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।