कोरोना भाइरस नियन्त्रण गर्न सक्रिय बन्यो वाग्मती प्रदेश सरकार

हेटौँडा : कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमणलाई नियन्त्रण गर्न प्रदेशका १३ वटै जिल्लामा सक्रियतापूर्वक काम गरिरहेको बताएको छ। कोरोना नियन्त्रण गर्नका लागि स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक कार्यहरु गरिरहेको  सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता डा पुरुषोत्तम सेढाईँले बताए। सामाजिक विकास मन्त्रालयले कोभिड परीक्षणलाई सबै…

सम्बन्धित सामग्री

अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह

वैशाख २४, ललितपुर । ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ ।  अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ हुँदा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा समस्या भएको भन्दै अक्सिजन आपूर्तिमा सहजीकरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिए । ‘हाल अक्सिजनका कारण अस्पतालमा कारोना संक्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, हामीले बिरामीको उपचार कसरी गर्ने’, उनले भने । उनका अनुसार हाल अस्पतालमा दैनिक १५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकामा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ ।  अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ । रासस