काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्ष पुन निर्वाचन आयोग पुगेको छ । आइतबार नेता डा. बेदुराम भुषाल र राजेन्द्र पाण्डेसहितको टोली आयोग पुगेर पार्टी विवाद निरुपण गर्न पत्र बुझाएको हो ।सो पक्षले आयोगलाई बुझाएको पत्रमा गत फागुन २३ पछि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले एकपक्षीय ढंगले गरेका निर्णयहरु अभिलेखिकरण नगर्न माग गरिएको छ ।‘पार्टीको विधानअनुसार नचलेर पार्टीमा हुदै नभएको व्यवस्था गरेर विवाद सिर्जना गर्ने काम भयो । खासगरी महाधिवेशनबाट पारित विधान संशोधन गर्ने, निर्वाचित कमि