सल्यान : सल्यानका विभिन्न स्थानमा बसोवास गर्दै आएको बादी समुदायको माछा मार्ने परम्परागत पेसा संकटमा परेको छ। माछा पाउने मुख्य स्थान खोलानालामा विषादी प्रयोग र करेन्ट लगाएर माछा मार्न थालिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदायको पेशा संकटमा परेको हो।शारदा नगरपालिका, कालीमाटी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिकामा बसोबास गर्दै आएका बादी समुदायहरुले परम्परागत रुपमा माछा मारेर जीविकोपार्जनको गर्दै आएका थिए। तर, पछिल्लो समय स्थानीय खोलानालामा माछा पाइन छाडेपछि उनीहरु अन्य पेशा व्यवसाय अँ