अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफूले शेयर बजारको मूल्य घटाउन तथा बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् ।
विपक्षी दलका सांसद प्रेम सुवालले पुँजीबजार सम्बन्धी राखेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री शर्माले भने,‘गभर्नरलाई मूल्य घटाउने, बढाउने भनेर अर्थमन्त्रीले गभर्नरलाई भनेको कुरा समाचारमा आएको होला तर यो सत्य कुरा नभएको पनि म स्पष्ट गराउन चाहन्छु ।’
उनले आन्तरिक रुपमा भएका घोटालाहरूबारे सरकारको तर्फबाट नै छानबिन समिति बनेर उच्च अदालतको न्यायाधीशको नेतृत्...